|
को सहकार्यबाट दक्षिण तथा दक्षिण -पूर्व एसिया
व्यापी प्रयासबाट क्षेत्रीय तहमा स्थानीय भाषा कम्प्युटिङको दक्षता अभिवृद्धिकाा
लागि पहिलो चरण २००४ देखि २००७ को सफल समाप्ति पश्चात दोस्रो चरण २००७ देखि २०१०
सम्मका लागि निरन्तरता प्रदान गर्ने जानकारी गराउन पाउँदा खुसी व्यक्त गर्दछ ।
प्यान स्थानीयकरण परियोजना पहिलो चरण, सात एसियाली
मुलुकहरूमा स्थानीय भाषाको मानक तथा प्रविधि विकासमा केन्द्रित थियो । परियोजनामा
समाविष्ट मुलुक ( र भाषा) हरू निम्न थिए: अफगानिस्तान(पस्तो), बङ्गलादेश (बङ्गला),
भुटान ( जोङ्खा), कम्बोडिया (खमेर), लाओस ( लाओ), नेपाल (नेपाली) र श्रीलङ्का
(सिन्हला, तामिल) ।
परियोजनाको पहिलो चरणको अन्त्य सम्ममा, सबै
देशहरूबाट योजित अनुसन्धान सूची सफलतापूर्वक सम्पन्न गर्नुका साथै स्थानीय
भाषा-प्रविधि र अनुप्रयोगहरूको विकास गरियो । उक्त निर्गतहरूमा नेपाली र जोङ्खा
वितरणको विकास तथा सार्वजनिक, सिन्हला, बङ्गला र लाओका लागि अप्टिकल क्यारेक्टर
पहिचान गर्ने कार्य प्रणाली, बङ्गला, जोङ्खा, खमेर, लाओ र नेपालीका लागि शब्दकोश
तथा हिज्जे परीक्षणको पहुँच, सिन्हलाका लागि पाठ वाचन प्रणाली, कुञ्जीपाटी र
अकारादि मानक, फन्ट तथा अन्य । सफ्टवेयर तथा सम्बन्धित अनुसन्धानको विवरण सूची
निर्गत लिङ्कमा राखिएको छ ।
परियोजनाले भाषा-प्रविधि विकासका लागि
दक्षता अभिवृद्धि गर्न सबै साझेदार राष्ट्रहरूमा राष्ट्रिय तथा
क्षेत्रीय अल्पकालीन र दीर्घकालीन वृहत् तालिम कार्यक्रमहरू पनि गरेको
थियो । तालिमलाई भाषाविज्ञान, मानक विकास, खुला स्रोत सफ्टवेयर
स्थानीयकरण, वाचन प्रोसेसिङ, स्क्रिप्ट प्रोसेसिङ र कम्प्युटर
भाषाविज्ञानमा विभाजन गरिएको थियो । सम्पन्न गरिएका तालिम
कार्यक्रम तथा सामग्रीहरू पनि परियोजनाको "क्रियाकलाप" लिङ्क अन्तर्गत
समावेश गरिएको छ । पहिलो चरणमा भाषा कम्प्युटिङमा
अनुसन्धाताहरूबीच ज्ञान साझेदारीका लागि एसियाली सञ्जालको निर्माण पनि
गरियो । परियोजनाले निरन्तर रूपमा अनुसन्धान प्रतिवेदनहरूको प्रकाशन ,
प्रभावकारी प्रक्रिया, परिणाम र सुझावहरूको मिसिलीकरण गर्ने कार्य
गरेको छ ।
प्यान स्थानीयकरण परियोजनाले दोस्रो
चरणमा सञ्चार तथा स्थानीय सामग्री विकासका लागि स्थानीकृत प्रविधिको
प्रयोग गरेर लक्षित प्रयोगकर्ताका लागि विद्युतीय साक्षरतासँग
सम्बन्धित अनुसन्धानमा जोड दिनेछ ।
परियोजनाले लक्षित भाषाहरूमा भाषा-प्रविधिलाई परिपक्व पार्दै अगाडि
बढाउन निरन्तरता पनि दिनेछ ।
यस परियोजनाको दोस्रो चरणका सामान्य
उद्देश्यहरू:
(१) स्थानीय भाषा कम्प्युटिङ र
सामग्रीहरूको प्रयोग गरेर विद्युतीय साक्षरता विकासका लागि प्रभावकारी
माध्यमको परीक्षण गर्ने ।
(२) एसियाली भाषाहरूका लागि वर्तमान
प्राविधिक समर्थनको तह उच्च पार्न स्थानीय भाषा कम्प्युटिङमा संसाधन र
विकासका लागि दिगो मानव संसाधन क्षमता विकासको अन्वेषण गर्ने ।
(३)स्थानीय भाषा कम्प्युटिङ र सामग्रीको
विकास र प्रयोगका लागि नीति अगाडि बढाउने ।
(४) दुर्गम समुदायद्वारा ग्रहणयोग्य
सम्बन्धित बहुविध स्थानीय भाषा प्रविधि अनुसन्धानको प्रभावकारीताको
मापन गर्न संयन्त्रहरूको अध्ययन तथा विकास गर्ने ।
यस परियोजनालाई सीआरयूएलपी, एनयूसीईएस
का अनुसन्धानकर्ताहरूबाट नेतृत्व गरिनेछ । सीआरयूएलपी ले एसियाली
मुलुकहरूका सरकार, एजेन्सी, विश्वविद्यालय र निजी क्षेत्रका आईसीटी
अनुसन्धानकर्ता, अभ्यासकर्ता, भाषाविद तथा नीति निर्माताहरूको
मद्दतबाट गरिने प्रयत्नहरूको समन्वय गर्नेछ । दोस्रो चरणमा समावेश
गरिएका मुलुक (भाषा) हरू यस प्रकार छन् अफगानिस्तान (पस्तो), बङ्गलादेश
(बङ्गला), भुटान (जोङ्खा), कम्बोडिया (खमेर), चीन (तिब्बती), लाओस्
(लाओ), मङ्गोलिया (मङ्गोलियन), नेपाल (नेपाली), पाकिस्तान (उर्दु) र
श्रीलङ्का (सिन्हला, तामिल) ।
दोस्रो चरणमा, लक्षित सामाजिक-आर्थिक फाइदा प्राप्तिका
निम्ति साझेदार मुलुकहरूका सबैजसो साझेदार मुलुकहरूमा दुर्गम क्षेत्रका
जनसमुदाय, विद्यार्थी, समाजसेवी, सरकारी कर्मचारी, निजी क्षेत्र आदिका
साथसाथै विभिन्न प्रयोगकर्ता समूहहरूलाई स्थानीय भाषा-सामग्रीमाथि
पहुँच पुर्याउने तथा प्रकाशन गर्ने तालिम प्रदान गर्न प्रभावकारी
तरिकाको परियोजनाले अध्ययन गर्नेछ । यी समूहहरूलाई वेबसाइटका माध्यमबाट
कागजात परिचालन र इमेल, इन्टरनेटमा पहुँच तथा स्थानीय सामग्री प्रकाशन
गर्नका लागि प्रशिक्षण दिइने छ । यो उद्देश्य प्राप्तीका लागि आवश्यक
तालिम सामग्रीको विकास संलग्न मुलुकहरू कै भाषामा गरिनेछ ।
प्यान स्थानीयकरण परियोजना दोस्रो चरणले
स्थानीय सामग्री विकासका लागि सबै भाषाहरूका आवश्यकता सङ्कलन, सिर्जना
र कार्यान्वयनसँग सम्बन्धित विभिन्न पक्षहरूलाई पनि मध्यनजर गर्नेछ ।
अनुसन्धानले प्रमुख रूपमा विभिन्न समुदाय, भाषा र सम्बन्धित मुलुकहरूका
प्रयोगकर्ता समूहको पहिचान गरी ती ती भाषामा स्थानीय सामग्री निर्माणका
लागि आवश्यकता अनुसार उपयुक्त मोडेलको विकासमा जोड दिनेछ ।यसले स्थानीय
भाषा सामग्रीको अनलाइन प्रकाशनका लागि हालको मानकको प्रभावकारिताा
अध्ययनलाई पनि ध्यान दिनेछ ।परियोजनाले सामग्री र भाषा संसाधनको विकास
र प्रकाशनका लागि प्रभावकारी तरिकाको अनुसन्धान प्रतिवेदन विकास गर्नेछ
।
दोस्रो चरणमा, एसियाली क्षेत्रका विविध
भाषाहरूमा विकास गरिएका वर्तमान प्रयोगकर्ता लक्षित अनुप्रयोगहरूलाई
परिमार्जन तथा विकास गर्नुका साथै स्थानीयकरणमा उदीयमान मोबाइल
प्लेटफर्मको अन्वेषण गर्ने लक्ष्य लिइएको छ । Tअनुसन्धानले स्थानीय
भाषा-प्रविधि विकासका निम्ति उपलब्ध स्थानीय भाषाको मानक, उपकरण र
खाकाहरू विकास गर्दाका चुनौतीहरू तथा प्रभावकारी माध्यमको अध्ययन
गर्नेछ ।योजित निर्गतहरूमा वाचन पहिचान प्रणाली, पाठ वाचन प्रणाली,
ओपनअफिस स्थानीयकरण, मोबाइल अनुप्रयोग, लीनक्स वितरणहरू, भाषा
प्रोसेसिङ अनुप्रयोगहरू जस्तै: अनुक्षेपित पाठ सङ्ग्रह, समानान्तर पाठ
सङ्ग्रह, शब्दकोश, शब्द खण्डिकरणका लागि अनुप्रयोग, र पद वैज्ञानिक तथा
वाक्यात्मक विश्लेषण पर्दछन् । यी अनुप्रयोगहरू साझेदार मुलुकहरूका
विभिन्न भाषामा विकास गरिनेछ ।
परियोजनामा यस प्रकारका कार्यहरूका लागि
स्थानीय भाषा प्रविधि, तालिम र सामग्री तथा मूल्याङ्कनयोग्य
प्रविधिहरूको विकास तथा प्रवर्द्धनका निम्ति नीति निर्धारणमा पनि ध्यान
दिइनेछ । यस क्षेत्रीय प्रयासबाट विशेष रूपमा एसियाका अङ्ग्रेजी
बोल्न नसक्ने तथा विद्युतीय संयन्त्रमा पहुँच नपुगेका जनसमुदायलाई
फाइदा पुग्नेछ ।
|